भारतकाे मुम्बई नजिकैको कोभिड अस्पतालको सघन उपचार कक्षमा आगलागीमा हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
मुम्बई भन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा आगलागी भएको थियो।आगलागी कसरी सुरु भयो भन्ने स्पष्ट छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनालाई दुःखद भनेका छन्। जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।शुक्रवार बिहान लागेको आगो निभाइएको छ ।भारतमा यो घटना कोरोनाभाइरस सङ्क्रमणको घातक दोस्रो लहर चलिरहँदा भएको छ।