सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको विशाल पानीजहाजलाई सारिएको छ।एभर गिभनु नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको छ।
एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो।
उक्त जलमार्ग अवरुद्ध हुँदा सूइज नहरमा संसारकै 'सबैभन्दा महँगो ट्राफिक जाम' भएको बताइएको थियो।अवरोधका कारण धेरै जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए।
इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ।