भारतले आफ्नै मुलुकमा संक्रमण तीव्र हुँन थालेपछि कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ ।
संक्रमण बढेकाले खोप अभाव हुन सक्ने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्रराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आगामी साता भारतमै खोपको माग बढ्ने भएकाले तत्काललाई निर्यात रोकिएको विदेश मन्त्रालयले जनाएको छ ।
भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ न्यून आय भएका ६४ मुलुकलाई खोप आपूर्ति गर्दै आएकाे थियाे ।कोभ्याक्स परियोजनाअन्तर्गत नेपालले पनि ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गर्छ ।एसआईआई विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी पनि हो ।भारतको पछिल्लो निर्णयले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामा पनि प्रभाव पर्ने भएको छ ।
भारतले अहिलेसम्म विभिन्न ७६ देशमा ६ करोड ५० लाख डोज खोप निर्यात गरिसकेको छ । भारतकाे याे निर्णयले दाेस्राे चरणकाे खाेपकाे तयारीमा रहेका नेपाललगायतका देशहरूलाइ अप्ठयाराे पर्ने देखिएकाे छ। चीनले उपलब्ध गराउने भनेकाे खाेपकाे पनि अझै टुंगाे लाग्न सकेकाे छैन ।