सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा जारी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।
यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्याधिक बल प्रयोग गरेको हो। प्रहरीले गोली, अश्रुग्यांस, लाठी तथा पानीका फोहोरा हान्दा कम्तिमा १२ जना घाइते भएको बीबीसीले जनाएको छ।
म्यान्मारमा फेब्रअरी १ मा सेनाले सत्या हत्याएपछि विरोधमा दिनहुँ प्रदर्शन जारी छ। आइतबार सुरक्षाकर्मीले गरेको दमन अहिलेसम्मकै हिंसात्मक भएको जनाइएको छ। केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।