जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति दिएकाे छ ।
अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो ।जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ ।
यो खोप एकपटक मात्रै लगाए हुने जनाइएकाे छ । जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन अरु खोप भन्दा सस्तो रहेको भनिएको छ । बेलायतलगायत देशहरुले पनि यो खोप किन्ने प्रक्रिया सुरु गरिसकेको बीबीसीले जनाएकाे छ ।