भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले फेरि नेपाललाई चीनसँग जोडेर टिप्पणी गरेका छन् । नरवणेले एक गोष्ठीमा सम्बोधन गर्दै नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका हुन्।
भारतीय सेनाअध्यक्ष नरवणेले नेपाल लगायतका भारतका छिमेकी देशहरुमा चीनले प्रभाव बढाउँदै लगेको र सीमा क्षेत्रमा समेत यथास्थितिलाई बदल्न खोजेको प्रयासले द्वन्द्व निम्तिएको दावी गरेका छन् ।उनले केही समय अघि पनि यस्तै गरी नेपालको चिनियाँ उक्साहटमा लिपुलेक अतिक्रमणको विरोध गरेको अभिव्यक्ति दिएका थिए ।
‘उत्तरपूर्वी क्षेत्रमा विकास हुंदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना गरिएको गोष्ठीमा उनले यसबाट भारतको उत्तर-पश्चित क्षेत्रको सुरक्षालाई प्रत्यक्ष असर गर्न सक्ने चेतवानीसमेत दिएका छन् ।उनकाे अभिव्यक्तिलाइ लिएर नेपालमा चर्काे विराेध भइरहेकाे समयमा उनलाइ नेपाली सेनाकाेले मानार्थ प्रधानसेनापतिकाे सम्मान प्रदान गरिएकाे थियाे ।