अमेरिकी राष्ट्रपति जो बाइडनले कार्यकालको पहिलो दिनमै ट्रम्प प्रशासनको कतिपय नीति उल्ट्याइदिएका छन्।साथै उनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्।
विशेषगरी विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिएका छन्।उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।
राष्ट्रपति बाइडनले जारी गरेकाे वक्तव्यमा भनिएको छ, 'ती आदेशहरूमार्फत् ट्रम्प प्रशासनले पुर्याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाइने छ।'
हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन भन्दै राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।बीबीसी