अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् ।
ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट बाहिरिए।राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइटहाउसमा स्वागत नगरी फ्लोरिडा उडेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
ट्रम्पले जाँदाजाँदै सङ्क्षिप्त सम्बोधन गरे।त्यसक्रममा उनले आफ्नो कार्यकालमा भएका कामहरूको प्रशंसा गरे।त्यसमा ट्रम्पले सैन्य क्षेत्रमा गरिएका कामदेखि रोजगारी सिर्जना, कर कटौती र कोरोनाभाइरस महामारीसँग जुझ्न चालिएका कदमसम्मको फेहरिस्त सुनाए।
आफ्नो कार्यकाल सकिनुभन्दा केही घण्टाअगाडि ट्रम्पले करिब १४० जनाले पाएको सजायमा कटौती गरेका छन्।ट्रम्पले नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित चुनावी परिणाम अस्वीकार गर्दै आएका छन्।