विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।
कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणकाबीच डब्ल्यूएचओले यस्ताे चेतावनी दिएको हो।
ब्रिटेनमा देखा परेको छिटाे संक्रमण क्षमताको भाइरस ५० वटा देशहरूमा फैलिसकेको छ । यसले नै ब्रिटेनमा अहिले दैनिक मृत्यु हुनेकाे संख्या बढ्दै गएकाे छ ।सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो काेराेना भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता भएकाे भाइरस देखिएसँगै त्यहा पनि चिन्ता थपिएकाे छ।
दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ।यस्तै, जापानमा पनि नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ।उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको सङ्क्रमण भएको पहिचान गरेका छन्।उनीहरू ब्रजिलमा सङ्क्रमित भएको अनुमान गरिएकाे छ।