अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध डेमोक्र्याटहरूले महाभियोग लगाउने तयारी गरेका छन् ।तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध 'दङ्गालाई प्रोत्साहन गरेको' आरोप लगाउने योजना छ।
प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा यसबारे मतदान हुनसक्ने बताइएकाे छ ।यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।
संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो।
महाभियोगको आरोप तल्लो संसद्मा ल्याएर पारित हुनुपर्नेछ।त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ। ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।