अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
अमेरिकी संसद् रहेको क्यापिटल भवनमा प्रवेश गरेर राष्ट्रपति ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएपछि प्रहरीले गाेली चलाएकाे थियाे ।अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकहरू सदनमा प्रवेश गरे हिंसा मच्चाएका हुन् ।अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् ।प्रहरीले कफर्यु उल्लंघन गर्नेसहित अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ ।