आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए।यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए।
सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ।साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमलाई कुवेती विदेशमन्त्री अहमद नासिर अल-सबाहले टेलिभिजनबाट घोषणा गरेका हुन्।
केही अघिसम्म कुवेती मध्यस्थता खासै परिणाममुखी देखिएको थिएन।बीबीसी