हङकङको याउमातेईस्थित एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ ।
नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।
आगलागीमा एकजना सामान्यसहित १० जना गम्भीर घाइते भएका हुन् । प्रारम्भिक जानकारी अनुसार मृतकहरू बाग्लुङका रहेका छन् ।
सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।यसैबीच हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।