जो बाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्।७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।
पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन् । यद्यपी ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् ।
अमेरिकीभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला लडिएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन्।बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन्।
यसैबीच,डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। साथै उनी पहिलाे अश्वत र पहिलाे एशियन मुलुकबाट उपराष्ट्रपति हुने पहिलाे महिला भएकी छन् ।