अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार(आज) सामाजिक सञ्जाल ट्वीटरमार्फत् ७४ वर्षाीय राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।उनकाे उमेरसमूहकाे मानिसमा काेराेना संक्रमण हुनुलाइ जाेखिमपूर्ण मानिन्छ ।यद्यपी उनीहरूलाइ कुनै लक्ष्यण नदेखिएकाे चिकित्सकहरूकाे भनाइ उध्रित गर्दै बीबीसीले जनाएकाे छ।
शुरूमा राष्ट्रपति ट्रम्पका एक सल्लाहकारमा संक्रमण देखिएकाे थियाे । त्यसपछि परीक्षण गर्दा ह्वाइटहाउसका सदस्यहरूमा धमाधम पाेजेटिभ देखिएन थालेकाे हाे।