भारतका पूर्व मन्त्री जसवन्त सिंहको निधन भएको छ । ६ वर्षदेखि कोमामा रहेका सिंहको आइतबार नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।८२ वर्षीय सिंह ६ वर्षअघि बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए ।
भारतीय जनता पार्टीका संस्थापक सदस्य जसवन्त सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । सन् २००४ देखि २००९ सम्म जसवन्त सिंह भारतको माथिल्लो सदन राज्यसभामा विपक्षी दलका नेता थिए ।