विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधोनम घेब्रेयेससले भ्याक्सिन बन्दैमा काेराेना निमिट्यान्न हुन्छ भन्ने केही ग्यारेन्टी नरहको बताएका छन् ।
कोरोना भाइरसको महामारीसँग सारा विश्व लडिरहेको बेला डब्ल्यूएचओका प्रमुखका यस्ताे अभिब्यक्त्तिले सारा बिश्वलाई अत्याउने कार्य गरेकाे छ । उनले भने, अहिले विकसित भईरहेका भ्याक्सिनले कति काम गर्छन् भन्ने कुरामा कुनै ग्यारेन्टी छैन । हाल २ सयजती विभिन्न ठाउँमा भ्याक्सिन निर्माणकाे काम भईरहेको समेत उनले बताए ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन । यस्ताे विषम अबस्थामा उनकाे याे अभिव्यक्ति सार्वजनिक भएकाे हाे।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।