अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण हाललाई स्थगित गरिएको छ ।
परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएकाले तत्कालका लागि खोप परीक्षण स्थगित गरिएको हो ।बीबीसीका अनुसार तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी करिब ३० हजार जनालाई सहभागी गराइएको थियो ।
ती व्यक्ति कसरी बिरामी भए भन्ने अनुसन्धान भइरहेको र त्यो पत्ता लागेपछि मात्रै खोपको परीक्षणलाई पुन: सञ्चालन गरिने समाचारमा जनाइएकाे छ ।
अक्सफोर्ड र एस्ट्रेजेनेकाले विकास गरेको खोपमा विश्वकै ध्यान केन्द्रित थियो ।कोरोना भाइरसविरुद्धको खोप अन्तिम परीक्षणका क्रममा रहेको बताइएको थियो ।
पहिलो र दोस्रो चरणको परीक्षण सफल भएपछि छिट्टै नै अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको खोप आम प्रयोगमा आउन सक्ने अनुमान गरिएको थियो ।