भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोनाबाट संक्रमित निधन भएको छ।
सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री रहेका ७२ वर्षीय चौहान पूर्व भारतीय क्रिकेटसमेत थिए। १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएपछि चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो।
उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन्।