अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७२ वर्षकाे उमेरमा निधन भएको छ ।न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो ।
रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो। ह्वाइट हाउसले रोबर्टको मृत्युको कारणबारे जानकारी दिएको छैन। पछिल्लो समय उनको मस्तिष्कमा रक्तश्राव भएको बताइएको छ।
आफ्नो भाइलाई भेट्न अस्पताल पुगेका ट्रम्पले ऊ भाइमात्र नभए, राम्रो साथी पनि भएकाे र उसको याद सधैं आइरहने बताए ।रोबर्ट ७४ वर्षीय दाजु डोनाल्डका एकदमै नजिक थिए।उनी रियल स्टेटको कारोबारी थिए । रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए ।