एअर इन्डिया एक्सप्रेसको विमान शुक्रबार राति दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
भारतमा भएको सो दुर्घटनामा परी दुई जना विमान चालकसहित १७ जनाको मृत्यु भएको हो । चालक दलका ४ सदस्यको भने सकुशल उद्दार गरिएको छ ।
युएईबाट चालक दलका सदस्यसहित १९० यात्रु बोकेर आउँदै गरेको एअर इन्डिया फ्लाइट आइएक्स १३४४ रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाबाट उद्दार गरिएका करिब १६० घाइते यात्रुको उपचार भइरहेको छ जसमध्ये केहीको अवस्था गम्भीर छ ।विमानमा १० जना बालबालिका रहेका थिए ।