बेरुतमा मंगलबार भएको विष्फाेटमा परी मर्नेकाे संख्या १३५ पुगेकाे छ । साे घटनामा अन्य ४ हजार भन्दा बढी घाइते भएका छन् ।
राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन्।अधिकारीहरूका अनुसार बेरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो।
बेरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।