भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन काेराेनालाई जितेर घर फर्केका छन् । उनी छाेरा अभिषेकसँगै तीन सातादेखि मुम्बइस्थित नानावती अस्पतालमा उपचार गराउँदै आएका थिए ।
उनका छाेरा अभिषेक बच्चनले ट्वीट मार्फत आफ्ना पिताजीकाे काेराेना परीक्षणमा पाेजेटिभ आएपछि डिस्चार्ज भएकाे जानकारी गराएका हुन् ।गत महिना ११ जुलाईमा अमिताभ बच्चनले आफूमा कोरोनाभाइरस सङ्क्रमण भएकाे जानकारी गराएका थिए।
उनीसँगै संक्रमित भएका छाेरा अभिषेक भने अझै उपचारकै क्रममा रहेका छन् । ऐश्वर्या राय र उनकी छाेरी भने यसअघि नै काेराेनालाई जितेर घर फर्किसकेका छन् ।
यसैबीच,भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।आइतबार दिउँसो ट्विट गर्दै गृहमन्त्री शाहले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।
शाह भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुन्।