कोरोना संक्रमणका कारण भारतमा एकजना बहालवाला मन्त्रीको मृत्यु भएको छ।
बीबीसीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको निधन भएको हो। उनी उत्तर प्रदेशकी शिक्षामन्त्री थिइन्।
गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको हो।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।