कुवेत सरकारले नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको हा्े ।
भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेकाे कुवेत सरकारले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने जनाएको छ ।
कुवेतमा काम गर्ने नेपाली तथा अन्य देशका नागरिक अहिले बिचल्लीमा परेका छन । छुट्टिमा आएका नेपाली तथा अन्य देशका नागरिकलाई समेत फर्कन नदिने उसको घोषणाले ती देशका नागरिक बिचल्लीमा परेका छन ।
कुवेत सरकारले नेपाली नागरिकलाई प्रवेशमा लगायतकाे प्रतिवन्धप्रति नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिकृया जनाएकाे छैन ।