आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनलाई त्यस लगत्तै अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको निधन भएको बीबीसीले जनाएकाे छ।
फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी उनी हालै स्वदेश फर्किएका थिए। सन् २०१२ मा उनको मुटु प्रत्यारोपण गरिएको थियो। ६१ वर्षीय कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।
राष्ट्रपति एलासानी ओटाराले प्रधानमन्त्री एमाडोउको निधनले देश शोकमा रहेको बताएका छन्।