ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो।
बोल्सोनारुले पटकपटक 'मामुली फ्लु' भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका थिएनन्।
६५ वर्षीय बोल्सोनारु उमेरका कारण जोखिम समूहमा छन्।अब राष्ट्रपति बोल्सोनारुको सम्पर्कमा आएका मानिसहरूको पनि परीक्षण गरिनेछ।विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बोल्सोनारुलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।