विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९ (कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेकोबताएका छन् ।
उनले भनेका छन्, 'यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं ।यति धेरै मानवीय र आर्थिक/सामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसले बताएका हुन् ।
विश्वभरका एक करोडभन्दा धेरै मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएको छ ।
गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ । विश्वभरको अर्थव्यवस्था र सामाजिक जनजीवनमा निकै असर परेको छ ।
केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै छ । राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।'यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताएका छन् ।
महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गरेका छन् ।बेलायतले लकडाउनका बेला पालना गर्नुपर्ने नियमलाई झन् कडा बनाएको छ। लेस्टर शहरमा कोरोना भाइरस संक्रमित थपिँदै गएपछि लकडाउनमा कडाई गरेको हो ।
अमेरिकापछि सबैभन्दा नराम्ररी प्रभावित ब्राजिलमा १३ लाख ६८ हजार १९५ जना संक्रमित भेटिएका छन् । त्यहाँ ५८ हजार ३१४ जना संक्रमितको ज्यान गएको छ ।
भारतमा हालसम्म पाँच लाख ४८ हजार ३१८ जना संक्रमित फेला परेका छन् भने १६ हजार ४७५ जनाको ज्यान गइसकेको छ ।नेपालमा हालसम्म १३ हजार २४८ जना संक्रमित पहिचान गरिएको छ भने २९ जना संक्रमितको मृत्यु भएको छ।