अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।
पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ।ती चिनियाँ अधिकारीहरू हङ्कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ।
चिनियाँ संसद्को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो।चीनले अमेरिकी निर्णय "त्रुटिपूर्ण" भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ।
यो निर्णय हङ्कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वाचानुरूप गरिएको हो।