चिनियाँ नागरिकहरुले अबदेखि दिल्लीका होटल र गेस्ट हाउसहरूमा बस्न नपाउँने भएका छन्। दिल्ली होटल तथा रेष्टुरेन्ट एसोसिएसनले चिनियाँ यात्रीहरूको बहिष्कार गर्ने घोषणा गरेको हो ।
अध्यक्ष सन्दीप खण्डेलवालले भने युद्ध र सेवा एकसाथ चल्दैन ।उनले भने, जब दिल्लीका होटल र गेस्ट हाउसहरु खुल्छन् , चिनियाँ नागरिकलार्ई कोठा दिइनेछैन । यद्यपी कोरोनाले गर्दा अहिले दिल्लीका होटल पूर्ण रुपमा खुलेका छैनन् ।
दिल्ली सरकारले कोरोना संक्रमितको संख्या बढ्दै जानथाले पछि उनीहरुको उपचारको लागि त्यहाका सम्पूर्ण होटलका कोठाहरु बुक गरेको छ । भारत चीन सीमा क्षेत्रमा भएको हिंसात्मक द्वन्दमा २० भारतीय सेनाको मृत्यु भएको थियो । त्यसलाई लिएर पछिल्लादिन भारतमा चीन विरोधी प्रदर्शनहरु भई रहेका छन् । उनीहरुले चिनियाँ बस्तुको बहिष्कार गर्न अपिल पनि गरेका छन् ।