भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई देशबाट निष्कासन गर्दैछ।गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै भारतले ती कर्मचारीलाइ निष्कासन गर्न लागेकाे हाे ।
भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ।पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्।
तर दुई आणविक शक्ति राष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि तनाव बढेको छ।भारतीय सेनाको आवतजावतसम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आरोप उनीहरूमाथि लगाइएको थियो।
अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले अपहरण गरेको आरोप लगाएको थियो।तर पाकिस्तानले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको थियो।