विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ।
अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको छ।
विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभाबित अमेरिकामा १ लाख २० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने २२ लाख ९१ हजार संक्रमित भएका छन्। यसैगरी दोस्रो संक्रमित ब्राजिलमा ५० हजारको मृत्यु भएको छ भने १० लाख ८३ हजार बढी संक्रमित भएका छन्।
यस्तै, ८ हजारको ज्यान गएको भए पनि करिब ६ लाख संक्रमित भएको रुस तेस्रो बढी संक्रमित मुलुकको सूचीमा रहेको छ। संक्रमित संख्याको आधारमा चौथो भारतमा ४ लाख २५ हजार बढी मानिसमा कोरोना भएको छ भने १३ हजारको ज्यान गइसकेको छ।