भारतका रिटायर्ड मेजर जनरल जीडी बख्शीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चोर भन्दै अपमानजनक ट्वीट गरेका छन् ।
रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गर्दै उनले नेपालप्रति निकै अपमानजनक ट्वीट गरेका हुन् ।
उनले ती सेउसेस्कु नेपालका ओली हुन् भन्दै हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ट्वीटमा उल्लेख गरेका छन् ।
आफूहरू ठूलाे र बलियाे भएकाे दम्भ देखाउँदै भारतले चीनलाई ह्याण्डल गर्नको लागि कसैको सहयोग चाहिन्न,बख्शीले ट्वीटमा लेखेका छन् ।
उनले समयले मित्र को हुन् भन्ने देखाउँने भन्दै अमेरिकी राजदूतले समेत हाम्रा साहसीहरुलाई समर्थन गरेकाे चर्चा गरेका छन् ।
बख्शीले यसरी नेपालप्रति आक्रामक अभिव्यक्ति दिएको यो पहिलो पटक भने होइन ।