चीनले सीमा क्षेत्रमा भएको भिडन्तलाई भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहट भनेको छ। सीमा क्षेत्रमा भिडन्त भएकाे एक साता पछि चीनले पहिलाे औपचारिक प्रतिक्रिया दिएकाे हाे ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि युद्ध निम्तिएको बताउँदै चिनियाँ फौजको हताहतबारे भने विवरण दिएनन्।
झाओले गलवान उपत्यका चिनियाँ भूमिमा पर्ने बताए। गत मे महिनामा सम्झौता बमाेजिम चिनियाँ क्षेत्रमा बनाएको संरचना भारतले भत्काएर सुरक्षा फौज फिर्ता लगेपछि तनाव घट्दै गएका बेला साे हिंसात्मक घटना भएकाे हाे ।
गलवान उपत्यकामा गत साेमबार राति भएको भिडन्तमा बीस भारतीय सैनिक मारिएका थिए।