भारतीय र चिनियाँ सैनिकहरू बीच भएको हिंसात्मक भिडन्तमा अमेरिकाले पहिलो पटक प्रतिक्रिया जनाएको छ।लद्दाखको गल्भान उपत्यकामा सोमबार राती भएको झडपको चारदिन पछि अमेरिकाले प्रतिक्रिया जनाएको हो ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले ट्वीट गरेर भारतप्रति संवेदना व्यक्त गरे।माइक पोम्पीओले हालसालै चीनसँगको द्वन्द्वमा मारिएका सैनिकहरुको मृतआत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र भारतीय जनताप्रति गहिरो संवेदना व्यक्त गरेका छन् ।
भारत र चीनबीचको तनावको वातावरणको बीचमा अमेरिकाले चीनसँगको सम्बन्धमा केही तरलता देखिएको समेत बताए।