भारतीय र चिनियाँ सैनिकबीचको हिंसात्मक भीडन्तका क्रममा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रिहा हुनेमा कर्णेल, तीन मेजरसहित अन्य सैनिक रहेका छन् ।
चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको विषयमा भने भारतीय सरकारले पुष्टि नगरेको बिबिसीले जनाएकाे छ।लद्दाखको गलवान उपत्यकामा यसैसाताको सुरुमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन ।झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ ।यो घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।