तीन छिमेकी मुलुकसँग एकैपटक सीमा विवाद उत्पन्न हुनु भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको लागि अग्निपरीक्षा भएको छ।
नेपाल,चीन र पाकिस्तानसँगको भारतको सीमा विवाद प्रायः भई नै रहने गरे पनि यस पटक भने भारतका लागि सीमामा तीन छिमेकीहरू सँगसँगै संलग्न हुनु ठूलो चुनौती भएको छ।
आखिर किन त भारत आफना तीन छिमेकीहरुसंग सीमा विवाद संग संघर्ष गर्दै छ? एक पक्षसँग होइन सबैसँग सीमा विवाद हुनुमा भारत नै दोषी हो कि भन्ने राजनीतिज्ञहरु बताउँछन् ।
वार्ताकोबीचमा नै लद्दाखको सीमा क्षेत्रमा पर्ने गाल्भान उपत्यकामा भारत र चिनियाँ सेनाबीच केहीदिन अगाडि हिंसात्मक झडप भएको छ ।
यसमा भारतका २० सैनिक मारिएका छन्। भने चिनियाँ पक्षको पनि उतिकै हताहति भएको अनुमान गरिएको छ। तर चीनले यस बारे कुनै औपचारीक धारणा सार्वजनिक गरेको छैन।यो घटना पछि, दुई देशहरु बीच तनाव अझ बढेको छ।
पछिल्ला महिनाहरुमा भारतले नेपालको भूमि प्रयोग गरेर सडक निर्माण गरेपछि यी दुई घनिष्ठ मुलुकबीचको सम्बन्धमा समेत चिसोपना देखा परेको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेखलाई लिएर यी दुईबीच तनाब बढेको हो । तर चीनसँग जस्तो हिंसात्मक घटना भने भएको छैन ।
विवादित ठाउँहरुलाई भारतले नयाँ नक्शामा समेटेपछि नेपालले पनि संविधान संशोधन गरेर ति भूभागलाई आफनो नक्सामा समेटेको छ ।यो नक्शा नेपालको राष्ट्रिय र प्रतिनिधि दुबै संसदबाट स्वीकृत भएको छ।
त्यसो त काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच सधैं तनाव हुँदै आएको छ। गत वर्ष काश्मिरलाई अलग गरे यता दुई देशबीचको सम्बन्ध अझ नराम्रो भएको छ।
कोरोना र गिर्दो अर्थतन्त्रको बिरूद्धको सिमानामा छिमेकीहरूसँगको तनाव भारतको लागि गम्भीर अवस्था बनेको छ। यी परिस्थितिहरू कसरी भए र यसको समाधान कसरी गर्ने भन्ने चुनौती भारत सामू खडा भएको छ।