भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सेनासँग भएको भिडन्त बारे बल्ल मुख खोलेका छन् ।
लद्दाखस्थित सीमा क्षेत्रमा आफ्ना २० सैनिक जवानको ज्यान जाने गरी भएकाे भिडन्तलाइ लिएर चीनप्रति कडा टिप्पणी गर्दै माेदीले आफ्नो मुलुक शान्ति चाहने तर आवश्यक परे उचित जवाफ दिन सक्षम रहेको बताएका हुन्।
१५ राज्यका मुख्यमन्त्रीसँग भर्चुअल बैठकको शुरुवातमा यस विषयमा बोल्दै मोदीले सैनिकहरुको बलिदान खेर नजाने समेत बताए ।उनले भनेका छन् , ‘म देशबासीलाई आश्वस्त पार्न चाहन्छु जवानहरुको बलिदान खेर जाने छैन, म यो कुरामा पूरै देशलाई आश्वस्त पार्न चाहन्छु ।
उनले मृत सैनिकप्रति श्रद्धाञ्जली दिँदै आफ्ना सैनिक सीमाको डटर रक्षा गर्दै गर्दा मारिएको बताएका छन् ।
सभामा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह पनि उपस्थित थिए ।