भारतमा कोरोनाका कारण एकै दिन दुई हजार भन्दा बढीले ज्यान गुमाएका छन्। एकैदिन भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। बुधबारसम्म कोरोनाबाट ११ हजार ९०३ जनाको मृत्यु भइसकेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ। अमेरिका, बेलायत र रसियापछि बिश्वमा सबैभन्दा धेरै संक्रमित भएको देश भारत हो।
भारतमा संक्रमणको सबैभन्दा धेरै तथ्यांक महाराष्ट्रमा छ । महाराष्ट्रमा संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ४५ रहेको छ । महाराष्ट्रमा अहिलेसम्म ५ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ ।