कोरोना सङ्क्रमितको कुल सङ्ख्यामा भारतले इटलीलाई उछिनेकाे छ ।भारतमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढेर अहिले दुई लाख ३६ हजार नाघेको छ।
काेराेनाबाट साढे ६ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ।अहिले संसारभरिमा कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ६७ लाखभन्दा धेरै पुगेको छ।
महामारीबाट सर्वाधिक प्रभावित अमेरिकामा झन्डै १९ लाख सङ्क्रमित छन्। त्यसपछि क्रमश: ब्रजिल , रुस , यूके र स्पेन छन्।
छैटौँ स्थानमा भारत र त्यसपछि इटली छन्।भारतमा सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा छन्।त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या ८० हजार नाघेको छ भने २,८०० जनाको मृत्यु भइसकेको छ।अमेरिकामा मात्रै एक लाख नौ हजार जनाको मृत्यु भइसकेकाे छ ।