अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै आएका ट्रम्पले ऊ सँगकाे सम्बन्ध ताेडेका हुन् ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो ।’
डब्ल्यूएचओकाे गतिविधिप्रति असन्तुष्ट रहँदै आएकाे अमेरिकाले यसअघि नै उसलाइ दिँदै आएको आर्थिक सहयोग बन्द गराइसकेकाे छ।राष्ट्रपति ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि बताए ।
उनले भनेका छन्, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ ।