दक्षिण कोरियामा कोरोना संक्रमण दर कम भएसँगै पठनपाठन शुरु गरिएका करिब २०० स्कुलको पठनपाठन पुनः बन्द गरिएको छ।
कक्षा कोठामा गएर अध्ययन गर्न थालेको केही दिनमै ती विद्यार्थीहरु पुन अनलाईन कक्षामा फर्किएका हुन्। जसमध्ये प्रभाबित स्कुलहरु राजधानी सिओल बाहिरका छन्। जहाँ पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका ७९ नयाँ केस देखा परेको छ । जुन दुई पछिल्लो दुई महिना यताकै उच्च संख्या रहेको बीबीसी अनलाईनले जनाएको छ।