कोराेनाकाे उपचारमा औलोविरूद्धको औषधिको परीक्षणमा डब्ल्यूएचओद्वारा रोक लगाएकाे छ ।
औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई काेराेनाकाे उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै 'अस्थायी रूपमा' रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको हो। काेराेना भाइरसविरूद्धकाे अाैषधिकाे पहिलाे परीक्षण भने सफल भइसकेकाे छ । अब दाेस्राे चरणकाे परीक्षणमा लागेका छन् ।
हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले काेराेनाका विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।
अमेरिकामा भने राष्ट्रपति डोनल्ड ट्रम्पकाे आदेशअनुसार काेराेनाबाट बच्न उक्त औषधिको प्रयोग गरिदै आएकाे थियाे । स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी दिँदै आए पनि ट्रम्पले भने बारम्बार उक्त औषधिको प्रवर्द्धन हुनेगरी बोलेका थिए।