अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने विश्वास व्यक्त गरेका छन्।फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यो वर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने बताए ।
संसारभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् तर सफल हुन सकिरहेकाे छैन ।खोप तयार गर्न लामाे समयसम्म पनि लाग्न सक्छ।अनुसन्धानकर्ताहरूले केही महिनाभित्र यो लक्ष्य पूरा गर्ने अपेक्षा गरिरहेका छन्।
सियाटलमा कोरोनाभाइरसको खोपको पहिलो मानव परीक्षण भएको एक महिनाभन्दा बढी भइसकेको छ। त्यो खोप मानवमा सुरक्षित छ कि छैन भनेर गरिएको परीक्षण सफल भएपनि त्यसपछि त्यसको दोस्रो परीक्षण अझै हुन सकेकाे छैन ।