कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ६३६ पुगेको वल्र्डओमिटरले जनाएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ९५ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ हजार ८४५ पुगेको छ। अमेरिकामा अहिलेसम्म ८ लाख ८० हजार संक्रमित भएका छन्।
त्यसैगरी बेलायतमा मृतकको संख्या १८ हजार ७३८ पुगेको छ। फ्रान्समा २१ हजार ८५६ को मृत्यु हुन पुगेको छ। इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ।
त्यसैगरी स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनासहित अहिलेसम्म २२ हजार १५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार १५५ पुगेको छ।