कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ।
पछिल्लो २४ घन्टामा मात्रै कोरोना संक्रमणबाट अमेरिकामा २८ सय २ जनाको मृत्यु भएको छ। यो योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ हजार नाघेको छ।
यसैगरी, संक्रमितको संख्या पनि बढ्दो छ। मंगलबार एकै दिन अमेरिकामा २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या ८ लाख १९ हजार पुगेको छ। जबकि उपचारपछि निको हुनेको संख्या भने न्यून छ। अहिलेसम्म अमेरिकामा करिब ८३ हजार मात्रै उपचारपछि निको भएर घर फर्केका छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ६० जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ। यो सँगै विश्वभर मृतकको संख्या १ लाख ७७ हजार ४ सय ५७ पुगेको छ। अहिलेसम्म विश्वभर संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ।
बेलायतमा पछिल्लो २४ घन्टामा ८ सय २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यसैगरी इटालीमा २४ हजार ६४८ जनाको ज्यान गएको छ। जहाँ पछिल्लो २४ घण्टामा ५ सय ३४ को निधन भएको छ। २० हजार ७९६ जनाको मृत्यु भएको फ्रान्समा पछिल्लो २४ घण्टामा ५ सय ३१ जनाले ज्यान गुमाएका छन्। स्पेनमा पछिल्लो २४ घण्टामा ४ सय ३० सहित २१ हजार २८१ जनाको मृत्यु भएको छ।