अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संकटका कारण अमेरिकामा नै बेरोजगारीलगायतका आर्थिक समस्या उत्पन्न हुने देखिएकाे जनाउँदै तत्काललाइ बाहिरी देशका नागरिककाे बसाेबासमा राेक लगाउने बताएका हुन्।
ट्रम्पले ट्वीटमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु।’ काराेना भाइरसलाइ ट्रम्पले अदृश्य दुश्मनकाेआक्रमण भने पनि राजनीतिक पण्डितहरूले भने यसलाइ चीनमाथिकाे आराेप भनेर विश्लेषण गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण आक्रान्त बनेकाे अमेरिकामा मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ३५ पुगेकाे छ।