कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ लाख ६० हजार ७६३ जनाको मृत्यु भएको छ भने २३ लाख ३१ हजार ८९२ जना संक्रमित भएका छन्।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभाबित अमेरिकामा अहिलेसम्म ३९ हजार जनाको मृत्यु भएको छ।
वल्र्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्।
अमेरिकापछि कोरोनाका कारण धेरै मृत्यु इटलीमा भएको छ। जहाँ अहिलेसम्म २३ हजार २ सय २७ जनाको ज्यान गएको छ। यहाँ १ लाख ७५ हजार ९ सय २५ जना संक्रमित भएका छन्।
यसैगरी, स्पेनमा कोरोना संक्रमणबाट २० हजार ६३९ जनाको मृत्यु भएको छ। जहाँ संक्रमितको संख्या त्यहाँ १ लाख ९४ हजार ४ सय १६ पुगेको छ।