जापानका डाक्टरहरुले कोरोना भाइरसका नयाँ केस आउने क्रम जारी रहिरहे जापानको चिकित्सा प्रणाली बिग्रन सक्ने चेतावनी दिएका छन्।
आपतकालिन रुपमा आएका कोरोना संक्रमितहरुलाई इमर्जेन्सीमा समेत राखेर उपचार गर्न नसकिने अबस्था आएको अधिकारीहरुले बताएका छन्।
कोरोना लक्षण भएका एक विरामीलाई ८० वटा अस्पतालले भर्ना लिन नमानेको जस्ता विवरण अधिकारीहरूले दिएका छन्।
जापानमा उपचार गर्ने अस्पतालको क्षमता कम भइरहेको जनाइएको रोयटर्सको समाचारमा उल्लेख छ। अधिकारीहरुको भनाईमा त्यसैकारण अस्पतालहरूले विरामीहरू फर्काइरहनु परेको हो। कोरोना उपचारका लागि पीपीई लगायतका उपकरण पर्याप्त नभएको तथा जापान कोरोनाविरुद्ध लड्न तयारी अवस्थामा नरहेको पनि चिकित्सकहरूले जानकारी दिएका छन्। जसका कारण परीक्षणको दर पनि न्यून रहेको छ।
शनिबारसम्म जापानमा १० हजार भन्दा बढीका कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने २२२ जनाको मृत्यु भइसकेको छ ।