नोवेल कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ लाख २६ हजारले ज्यान गुमाएका छन्। साथै, संक्रमितको संख्या बुधबार बिहानसम्म २० लाख नजिक पुगेको छ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा २६ हजार ४७ जनाको मृत्यु भएको छ। जहाँ संक्रमितको संख्या ६ लाख १३ हजार पुगेको छ। अमेरिकापछि धेरै जनाको मृत्यु भएको मुलुक इटाली हो। जहाँ २१ हजार ६७ जनाले ज्यान गुमाएका छन्। यहाँ संक्रमितको संख्या १ लाख ६२ हजार पुगेको छ।
यसैगरी, मानवीय क्षति भएको तेस्रो मुलुक हो, स्पेन। जहाँ १८ हजार २३५ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्या १ लाख ७४ हजार पुगेको छ।
फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४३ हजार पुगेको छ। यसैगरी, बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९३ हजार पुगेको छ।